फेब्रुअरीमा ट्रम्प भारत आउँदै, के छ भ्रमण योजना ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरीमा भारत भ्रमणमा आउने भएका छन् । अमेरिकी समाचार संस्था ब्लुमबर्गले ट्रम्पको भारत भ्रमण योजनाबारे समाचार प्रकाशन गरेको छ।

महाभियोग ट्रायलमा रहेका ट्रम्पको यस भ्रमणबारे ह्वाइटहाउसले अर्को हप्ता घोषणा गर्ने बताइएको छ । ट्रम्प भारतमा आएमा यो उनको पहिलो भ्रमण हुनेछ । यसअघि गत वर्ष भारतको गणतन्त्र दिवसमा आउने कार्यक्रम तय भएपनि ट्रम्प आएका थिएनन् ।

गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका बेला ट्रम्प र मोदी हातमा हात मिलाएर हिँडेका थिए। यो भ्रमणलाई उपयुक्त समय भएको अधिकारीले जनाएका छन् ।

भ्रमणका बेला दुई देशबीच लामो समयदेखि रोकिराखेको द्विपक्षीय व्यापार सम्झौतामा छलफल हुने सम्भावना रहेको छ । त्यसैगरी वायु सेवाबारे पनि सम्झौता हुने भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?