२०७८,असार,८,मंगलवार

जब विद्यालयमा पसेर आतङ्कवादीहरुले गरे तीन शिक्षकको हत्या !


काठमाडौं । पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् ।
केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गरेको र अर्का एकजनालाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केन्यामा सो समूहले विगतदेखि नै आतङ्ककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ । ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी केही विद्यालयमा पनि क्षति पु-याएका छन् । साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरुले आगजनी गरेका छन् ।

उनीहरुले स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अपहरण गरी लगेका बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरुले आक्रमण गरी घाइते बनाएका छन् ।

अल कायदासँग सम्बन्ध रहेको सो अल सबाब नामक आतङ्ककारी समूहले केन्याका विद्यालयबाट बालिकालाई पनि अपहरण गर्ने गरेका छन् ।  उनीहरुले बालिका शिक्षाको विरोध गर्ने गरेका छन् । त्यसैले बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका छन् ।
एजेन्सी

प्रकाशित मिति: २०७६,पुष,२९,मंगलवार १२:१०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर

काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोना सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना

काठमाडौं । एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमवार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४