नेपाल दूरसञ्चार प्राधिकरणले चैतबाट शुल्क घटाउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउदो चैतबाट शुल्क घटाउदै छ ।

प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशन जारी गरेपछि चैतबाट शुल्क घटाउने भएको हो ।

अन्तरआबद्धता निर्देशिकाअनुसार एकले अर्कोको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ ।

सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएका छन् । राजधानी दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?