आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा–वडामा पुग्न वर्षौं लाग्ने देखियो

काठमाडौं । आधारभूत स्वास्थ्य सेवा केन्द्रको निर्माण कार्य सुस्त गतिमा अघि बढेको पाइएको छ । सरकारको दुई वर्षभित्र सबै वडामा स्वास्थ्य संस्था निर्माण गर्ने लक्ष्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको पाइएको हो । यही गतिमा निर्माण कार्य अघि बढ्दा आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा–वडामा पुग्न वर्षौं लाग्ने देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार २ हजार ५ सय स्वास्थ्य संस्थाको भवन निर्माण गरिनेछ । उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण कार्य केही सुस्त भएको छ, यसलाई तीव्र गतिमा अगाडि बढाउन सक्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा १ हजार ३ सय ९० स्वास्थ्य संस्थाको भवन निर्माण कार्य अघि बढाइएको छ । गत आवमा १ हजार २ सय स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने कार्य अघि बढेको थियो ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?