म्याग्दी । विप्लव समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटा हतियारसहित पक्राउ परेका छन्।
उनलाई बेनी नगरपालिका २ भकुण्डेबाट ३०३ भी ८९४० नम्बरको राईफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र सोको बारुद छर्रा ३ डब्बा कच्चा पदार्थसहित सोही आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले सापकोटाको घर तलासी गर्दा उक्त हातहतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया