एक हप्तायतादेखि डोटीमा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भए÷नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको बडीकेदार गाउँपालिकामा मात्रै प्रहरी १८ वटा छाउपडी गोठ भत्काएको छ ।
त्यस्तै उक्त गाउँपालिकाको वडा नं ३ सिदुरेपानीमा रहेका १० वटा छाउपडी गोठ स्थानीय आफैँले भत्काएको प्रहरीले जनाएको छ । गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया