काठमाडौंको मौसम खुल्यो, आगामी ३ दिनको मौसम कस्तो रहनेछ ? हेर्नुहोस्

काठमाडौं । शुक्रबार काठमाडौंको मौसम खुलेको छ । गत एक सातादेखि नखुलेको काठमाडौंको मौसममा शुक्रबार बिहानैदेखि सुधार आएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको तराई भू-भाग तथा केहि पहाडी भू-भागमा हुस्सु लागेको अवस्था छ ।

महाशाखाका अनुसार आगामी तिन दिनको मौसम यस्तो रहनेछ :-

पौष २५ गते (शुक्रबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २६ गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २७ गते (आईतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?