काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक गिरोह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधवार विदेशी नागरिकसहितको एक समूहलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा दुई विदेशी नागरीक र तीन जना नेपाली छन्।
उनीहरुले फेसबुक, ह्वाट्सएप, भाइबर लगायतबाट गिफ्ट पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको पाइएपछि पक्राउ गरीएको ब्यूरोको टोलीले जनाएको छ ।
पक्राउ पर्ने विदेशी नागरिकमा नाइजेरीयाका ४० वर्षीय सिरिल सिनोन्सो इबेहे र आइबेरिकोष्टका असापी अजि पेरिजेन रहेका छन्। त्यस्तै नेपालीहरुमा चितवनका ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौं ठमेलका उमेश श्रेष्ठ र चितवन कालिकानगर नगरपालिकाका ३१ वर्षीय हरि ओझा रहेका छन्।
उनीहरुले फेसबुक, भाइबर लगायत एपहरुमार्फत् नयाँ साथी बनाउथे, केही समय सामान्य कुराकानी गर्ने त्यसपछि गिफ्ट पठाइदिने भन्दै पूरा ठेगाना, नम्बरसमेत माग्थे । आइफोन, गहना र केही मिठाइ गिफ्टमा पठाइदिएको जानकारी दिँदै ठगि गर्थे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया