सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो ।
नयाँ पत्रिकाका अनुसार यी हुन् खान अयोग्य औषधि
– पोभिडोन आयोडिन सोलुसन : विभिन्न घाउका लागि लगाउने झोल ११ ब्याच
– प्यारासिटामोल झोल : ज्वरोका बिरामीका लागि ४ ब्याच
– प्यारासिटामोल ट्याब्लेट : ज्वरोका बिरामीका लागि ३ ब्याच
– फोलिक एसिड : रगत बढाउने १ ब्याच
– मेटफरमिन : मधुमेहका लागि ५ ब्याच
– मेट्रोनिडाजोल : आउँको लागि १२ ब्याच
– सिप्रोफ्लोक्सासिन (एन्टिबायोटिक) : आँखा, नाकमा राख्ने झोल ४ ब्याच
– फेरस—फोलिक एसिड (आइरन—फोलिक एसिड) : रगत बढाउने १ ब्याच
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया