काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. निरज गिरीले दुर्गा प्रसाईले आफुमाथिको आरोप सत्य नभएको बताएका छन् । आज एक प्रेश विज्ञप्ति जारी गर्दै गिरीले दुर्गा प्रसाइले पत्रकार सम्मेलन गरि आफुप्रति लक्षित समाचारको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
साथै उपाध्यक्ष गिरीले आफुप्रति लगाएको आरोप मिथ्या, कपोकल्पित, भ्रामक तथा निन्दनिय रहेको समेत बताएका छन् । साथै आफुमाथी लगाएको आरोपको पुष्टि गर्न प्रसाईलाइ चुनौतीसमेत दिएका छन् । त्यस्तै सञ्चार माध्यममा आएको जस्तो आफु कसैलाई भेट्न द्वारीका होटलमा भेट्न नगएको समेत बताएका छन् । साथै आफ्नो चरित्रहत्या गर्न बजारमा आइरहेका प्रायोजित समाचारको घोर भत्र्सना गर्दै कानुनी बाटो अवलम्बन गर्ने समेत चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया