काठमाडौंमा वर्षा, उच्च हिमाली र पहाडी भेगको तापक्रम माइनसमा झ-यो

काठमाडौं – यतिबेला काठमाडौंमा वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसमी प्रणालीमा हिजोबाट उतारचढाव आएको छ । यतिबेला काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । मौसमविद्का अनुसार आज साँझसम्मै उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेको मौसम रहिरहने र मेघगर्जनसहित पानी पर्नेछ ।

पूर्वी भू- भागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू -भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसोबाट बच्न के गर्ने ?
मौसममा आएको उतारचढावका कारण चिसो निकै बढेको छ । त्यसमाथी गर्मियाममा भन्दा चिसोयाममा विभिन्न रोगहरुको संक्रमण हुन्छ । जस्तो कि उच्च रुघाखोकी, टन्सी, हार्टअट्याक, निमोनिया , दम आदी । के तपाईलाई चिसोबाट बच्न हाम्रै भान्छामा पाईने सस्तो तथा उपयोगी कुराहरुबारे थाहा छ ?
चिसोबाट बच्न तील,दालचीनी,लसुन,अदुवा, मनतातो पानी, जीरा ज्वानो, मेथी, बत्तिसा धुलो आदी प्रयोग गर्न सक्नुहुन्छ ।

अरु के गर्ने ?
-पर्याप्त न्यानो कपडा लगाउने

-मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरिक काम नगर्ने
-नियमित शारीरिक व्यायाम गर्ने

-सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिने

-छालाको सुरक्षामा ध्यान दिनुपर्छ ।

-बिहान उठ्ने बित्तीकै पर्याप्त मनतातो पानी पिउने

-स्वस्थ आहारव्यहार गर्ने

-कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

-सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम हुँने हुँदा होसीयारी अपनाउनुपर्छ ।

-जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने गरीन्छ । तर हावाको आवतजावत हुनेगरी कोठाको व्यवस्थापन गरेर मात्रै बस्नुपर्छ ।

यसैबीच सर्वसाधारणको अत्याधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको हुँदा मनिङ वाक नगर्न चिकित्सकले भनेका छन् ।रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् ।

कसरी बच्ने हृदयघातबाट
गर्मीको तुलनामा जाडोमा हृदयघातको जोखिम बढी हुने गर्दछ । विशेषज्ञहरुका अनुसार गर्मीमा भन्दा जाडोमा हृदयघात हुने सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ । चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकहरु बताउँछन् । चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन ‘डि’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुमा समेत यो समस्या व्यापक रुपमा देखिन थालेको छ । आजकाल मानिसहरुको अस्तव्यस्त जीवनशैलीले गर्दा हृदयघातको जोखिम बढ्दो छ । खानपानमा ध्यान नदिनु र आवश्यक शारिरिक व्यायमको नगर्नु त्यसैगरी प्रदुषित वातावरण हृदयघातको प्रमुख कारण हो ।
विश्व स्वास्थ्य संगठन ९ध्ज्इ०को तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिस हृदयघातका कारण मर्ने गर्छन् । हृदयघातका लक्षणहरु
हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन् । त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बँच्न सकिन्छ । हृदयघात हुनु अघि देखिने लक्षणबारे यहाँ चर्चा गरिएको छ ।

१. खुट्टा सुन्निनु
२. अपच हुनु वा वान्ता हुनु
३. थकान महसुस हुनु
४. छाती वा पिठ्यूँमा अत्यधिक पीडा हुनु
५. सास फेर्न कठिन हुनु
६. टाउको, गर्दन वा दाँत दुख्नु
७. बेचैन हुनु, तनाव हुनु र रिंगटा लाग्नु
८.  जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु
९. जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु
यदि यस्ता लक्षणहरु देखा परे बेलैमा चिकित्सकको सल्लाह लिनुपर्छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ।

हृदयघातबाट बच्ने उपाय
१. स्वस्थ भोजनस् प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।

२.  नियमित शारिरिक कसरत रव्यायाम गर्नुहोस्स् दैनिक रूपमा ३० मिनेट ९आधा घण्टा० मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।

३. धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्स् सूर्ति र तमाखु, सिगरेट ९चुरोट०, सिगार अथवा खैनी९सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड९ह्यान्ड धूम्रपान ९अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु०को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

४. मुटुका केही रोगहरू जस्तै९ उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।

यो पनि  :

‘लिभिङ टुगेदर’मा लफडै लफडा :  छैन छुट्टै कानून, बस्नेहरुले आफै जानून् ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?