काठ्माडौं । बुधबार काठ्माडौं उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्नेछ ।
र्मौसमविद्का अनुसार अहिले काठ्माडौं उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेको र दिउँसो मेघगर्जनसहित पानी पर्ने छ ।
देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ । पूर्वी भूभागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया