झापा । झापाका तत्कालीन किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीलाई घर निर्माण गर्न स्थानीय समाजसेवी भक्तिप्रसाद तिवारीले जग्गा प्रदान गरेका छन् ।
विसं २०२८ मा झापामा भएको किसान विद्रोहका क्रममा उनले नौ वर्ष तीन महिना कठोर जेल जीवन बिताएका थिए । ७० वर्षीय चौधरी आफन्तमा बस्दै आएका छन् ।
बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिनेभएपछि तिवारीले साढे पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले किसान विद्राहका नेता चौधरीलाई नगरपालिकाले निःशुल्क आवास बनाइदिने जानकारी दिए । नगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा नगरप्रमुख शिवाकोटीले चौधरीलाई पुर्जा हस्तान्तरण गरे ।
कार्यक्रममा समाजसेवी तिवारीले आफूले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २०० गरीब तथा विपन्नलाई आवास निर्माण गर्नेसमेत जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया