निर्णय सच्याउन देउवा तयार

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएको खबर छ । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् ।
असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूलाई बोलाएर निर्णय फिर्ता गर्न दबाब दिँदै आएका छन् । सोमबारबाट सुरु सभापतिको भेला मंगलबारसमेत सकिएको छैन ।
कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी केन्द्रीय समिति बैठकमार्फत भएको निर्णयमा केही परिमार्जन गर्न सभापति तयार रहेको बताए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?