देउवालाई झड्का : पकड क्षेत्रका लिम्बु र गृह जिल्लाका मल्ल पनि कोइराला क्याम्पमा

काठमाडौं । नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवाले बहुमतको बलमा केन्द्रिय समितिको म्याद एक बर्ष थप गर्दै १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र बहुमतको आडमा बिधानका केही धारा निलम्बन गरेको भन्दै उनको कदम बिरुद्ध मोर्चाबन्दी भईरहेको छ ।

कांग्रेस महामन्त्री शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु कृष्णप्रसाद सिटौला, डा.शेखर कोईराला, अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा लगायत सभापति देउवा बिरुद्ध उत्रिएका छन् ।

उनीहरुले झण्डै ५० जिल्ला सभापतिहरुलाई पार्टी केन्द्रिय कार्यालय सानेपामा भेला गरी आफ्नै पार्टी कार्यालयबाटै सभापति देउवालाई चुनौति दिएका छन् । सभापतिहरुको भेलाले देउवालाई निर्णय सच्याउँन दवाव दिएको छ । जिल्ला सभापतिहरुसँगको भेला चलिरहदा पार्टी कार्यालय प्राङ्गणमा बिद्यार्थीहरुले देउवाबिरुद्ध नाराबाजीसमेत गरेका थिए ।

पकड क्षेत्र मोरङका लिम्बु र गृह जिल्ला डडेलधुराका मल्ल पनि कोइराला क्याम्पमा देउवाको निर्णय बिरुद्ध सोमबार भएको भेलामा ७७ जिल्लाका सभापतिमध्ये ४३ जिल्लाका सभापति सहभागि थिए । मंगलबार भोजपुरसहित थप पाँच जिल्लाका सभापति पनि काठमाण्डौं गएका छन् ।

कांग्रेसको पकट क्षेत्र मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बु र देउवाकै गृह जिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल पनि देउवा बिरुद्धको भेलामा सहभागि थिए । २५ बर्ष अघिदेखि पूर्वमा देउवाको खम्बा मानिदै आएका मोरङ सभापति लिम्बु अहिले देउवासँग असन्तुष्ट भएर कोईराला क्याम्पमा उभिएका छन् ।

उनीहरुले बहुमतको आधारमा गरेको गलत निर्णय सच्याउँन माग गर्दै आएका छन् । केन्द्रिय नेताहरुदेखि जिल्ला सभापतिहरु पनि बिपक्षमा उत्रिदा देउवालाई निर्णय सच्याउँन दवाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?