माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा: कहाँ कहाँ छ हेर्नुहोेस्

काठमाडौं । माघे संक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी माघ १ र २ गते माघे संक्रान्ति पर्व मनाउन प्रदेश ५ मा सार्वजनिक बिदा दिने निर्णय भएको हो । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन् ।

गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किरातहरुको नयाँ बर्षको रुपमा यस पर्व माघ महिनाको पहिलो दिन पर्दछ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँछन् । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ ।

दाङ-देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।

त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ ।

यसैगरी दाङ-देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् ।

के हुन्छ तयारी ?

माघी पर्व मनाउनका लागि १ महिना अगाडिदेखि नै तयारी सुरु हुन्छ ।

खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा अनदीको चामलको गुलियो जाँड, रक्सी, सालको पात टिपेर ल्याइ दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने आदि गरिन्छ ।

ढिकुरी बनाउनका लागि भएसम्म मसिनो चामलको पिठो पिस्ने गरिन्छ ।

यस दिन माछाको परिकार अनिवार्य रूपमा बनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?