काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुँगो लगाउने बताएका हुन् ।
उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको पनि जिकिर गरे ।
नेकपामा अब पूर्व एमाले वा पूर्व माओवादी केन्द्र कोहीपनि नभएको उनको भनाई छ ।
उनले अहिले प्रतिपक्षमा नेपाली कांग्रेसमात्रै नभएको जिकिर गरे । सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया