काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति यहि साताभित्र तोकिने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले नेविसंघसँग यो हप्ताभित्रै मिति तोक्ने सहमति गरेको हो । स्ववियु निर्वाचन फागुनमा गर्ने तय भए पनि कति गते गर्ने भन्ने तय भएको छैन ।
एक हप्ताभित्र फागुनमा हुने महाधिवेशनको मिति तोक्ने र एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको नेविसंघ त्रिभुवन विश्व विद्यालयका इकाई सभापति हरी आचार्यले जानकारी दिए ।
त्यस्तै विश्वविद्यालयको प्रांगणभित्र बनेको प्रहरी भवन पनि हटाउने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया