काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ स्थित एक रिसोर्टबाट १४ जुवाडे पक्राउ परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका ९, नीलबाराही रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ६ लाख ८४ हजार १ सय २० रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया