वन मौरीको टोकाइबाट एकको मृत्यु

चितवन । चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

घरमै बसिहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?