अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर २ नेपालीको मृत्यु, एकको अवस्था गम्भीर

एजेन्सी । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङ गएका दुई जना नेपालीको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर दुई नेपाली युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्ली रहेको पारिवारिक स्रोतले जनाएको छ।

अर्का एक नेपालीलाई भने हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । गम्भीर अवस्थामा रहेका प्रदीप पाण्डेको अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?