ब्रेन गेन सेन्टरमा ६४६ जना विज्ञले गराए नाम दर्ता

काठमाडौँ । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो ।
सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको वेब पोर्टलमा ६४६ जना विज्ञले नाम दर्ता गराएका छन् । बिहीबार आर्थिक विकासमा डायस्पोराको भूमिका विषयमा छलफल भएको थियो ।
छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाहेक विभिन्न देशका छरिएर रहेका झन्डै ४० लाख नेपालीको ध्यान स्वदेशमा केन्द्रित गराउन ब्रेन गेन सेन्टरले भूमिका निर्वाह गर्ने बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?