पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँपरेको छ । चन्द्रगिरी डाँडामा हिउँ परेपछि त्यहाँ हिउँ खेल्न जानेको संखया बढेको छ । स्वदेशी र विदेशी पर्यटकहरुले खचाखच भरिएको चन्द्रागिरीमा हिउँ खेल्न शनिबार युवायुवती मात्रै होइन बालबालिकाहरुको समेत भीड थियो ।
चन्द्रागिरीमा हिउँ खेल्न पुगेका साङहाङ लावती विदाको दिन रिफ्रेसमेण्ट र बच्चाहरुका लागि राम्रो ठाउँ भएको बताउँछन् । तीन पटक चन्द्रागिरी पुगेको बताउने लावती पहिले भन्दा आज निकै भीड बढेको बताउँछन् ।
हिउँ खेल्न नै चन्द्रगिरी पुगेका एञ्जल राईले चन्द्रागिरीको वातावरण एकदमै राम्रो रहेको प्रतिकृया दिए । मान्छेहरुको ठूलो भीड हुने ठाउँमा पनि व्यवस्थित वातावरण र सफा सुग्घर ठाउँले धेरैलाई आकर्षित गर्ने उनँको भनाई छ ।
स्वदेशी मात्रै होइन् विदेशी पर्यटकहरु पनि शनिबार चन्द्रागिरीमा भेटिएका छन् । हिउँ खेल्न परिवारसहित त्यहाँ पुगेका एक विदेशी पर्यटक भन्छन्, ‘धेरै मान्छेहरु आउने रहेछन् । पारिवारिक वातावरण छ । बच्चाहरुका लागि प्रशस्त खेल्ने ठाउँ छ । धार्मिक पर्यटनका लागि पनि उपयुक्त ठाउँ रहेछ । यहाँ आएर आज हामीले पहिलो पटक ‘स्किङ’ ग¥यौँ ।’
चन्द्रागिरीमा हिउँ परेपछि करिब ५ हजार भन्दा बढीको संख्यामा हिउँ खेल्न चन्द्रागिरि पुगेको हिल्सका म्यानेजर अभिषेक विक्रम शाहले बताए । उनले चन्द्रागिरी जानेहरुको संख्या बढेसँगै सुरक्षामा विशेष ध्यान दिइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया