हत्या, डकैती तथा लुटपाटमा संलग्न साइला पक्राउ

काठमाडौँ । धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाएको आरोपमा साइला भन्ने दुर्गा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो सही पहिचान समेत बदली छदम परिचय बनाई लुकीछिपी कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा बस्दै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील शुक्रवार पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो ।

सीआईबीले उनलाई आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?