सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेका निजामति, प्रहरीलगायतका उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झण्डै १सय४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानिबन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरिसकेको खबर राजधानी दैनिकमा छापिएको छ ।
अख्तियारका अनुसार पछिल्लो ६ महिनामा विभिन्न क्षेत्रमा अनियमितता गर्ने ३ सय जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया