विभिन्न प्रलोभनमा पारी महिलाहरुलाई भारत लैजाने २ जना पक्राउ

सर्लाही । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारततर्फ लादै गरेको अवस्थामा मलंगवा नगरपालिका-८ बाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई गाउँपालिका-४ बस्ने १९ वर्षीय जय बहादुर खत्री सार्की र रामेछाप दोरम्बा गाउँपालिका-५ घर भइ काठमाडौं सतुङगल बस्ने २६ वर्षीया अमृता श्रेष्ठ अमृता श्रेष्ठ रहेका छन् ।

४ जना महिलाहरुलाई भारतमा काम लगाई दिन्छु भनी विभिन्न प्रलोभन देखाई भारततर्फ लादै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गर्नुका साथै ती महिलाहरुको प्रहरीले उद्दार समेत गरेको हो ।

उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?