काठमाडौंका लागि उडेका २ विमान आकस्मिक अवतरण

काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान र सङ्खुवासभाको तुमलिंगटार विमानस्थलबाट काठमाडौंको लागि उडेको यति एयरलाइन्सका दुर्इवटा विमान जनकपुरमा आकस्मिक अवतरण गरिएको छ ।

मौसम खराब भएपछि भिजिबिलिटी कम भएका कारण जनकपुरमा डाइभर्ट गरिएको विमानस्थल स्रोतले बताएको छ ।

काठमाडौंमा यतिबेला सिमसिम पानी परेको छ भने हुस्सु र कुहिरोले आकाश ढाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?