नेकपाले राष्ट्रियसभा उमेद्वारको टुङ्गो लगायो, गण्डकीबाट नारायणकाजी श्रेष्ठ

काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उमेद्वारको टुङ्गो लगाएको छ ।
आज विहान बसेको सचिवालय बैठकले प्रदेश १ मा महिलाबाट इन्दु गौत , दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई चयन गरेको छ ।

त्यसैगरी प्रदेश २ मा महिलाबाट तुलसा दाहाल, दलितबाट राधेश्याम पासवानलाई चयन गरेको हो ।

प्रदेश ३ मा महिलाबाट गंगा वेल्वासे र अन्यबाट वेदुराम भुषाललाई चयन गरेको छ ।

गण्डकी प्रदेशबाट अन्य तर्फ नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई चयन गरेको छ ।

प्रदेश ५ मा महिलाबाट विमला घिमिरे, अपांगता अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुङ्गो लगाएको हो ।

कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुमित्रा विसीको नाम तोकेको हो ।

त्यस्तै, सुदुरपश्चिममा अन्यबाट तारामान स्वार तथा महिलाबाट शारदा भट्टको नाम टुङ्गो लगाएको नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यससँगै (नेकपा) ले पूर्व एमालेले ९ र पूर्व माओवादीले ७ जनालाई उमेद्वार बनाएको हो ।

यस अघि विहीबार बेलुका नेकपा अध्यक्ष ओलीले आफु निकटकालाई मात्र उमेद्वार बनाएको भन्दै चर्को विरोध भएपछि बैठक आज विहान ८ बजे बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?