होङसी सिमेन्ट मात्र प्रयोग गर्न राजदुत यान्छीको यस्ताे निर्देशन

काठमाडौं । गत पौष १३ गते नेपाल गुणस्तर तथा नापतौल विभागले ३ सिमेन्ट कारखानाले गुणस्तर विपरीत उत्पादन गरेको भन्दै कारबाहिका लागि माग गरेको थियो । जसमध्ये होङसी सिमेन्ट पनि एक हो । होङसी सिमेन्टमा चिनियाँ पक्षको ७० प्रतिशत लगानी रहेको छ । होङसी सिमेन्टको गुणस्तरमा आएको कमिसँगै बिक्रि तथा मागमा समेत कमि आएको छ ।

त्यसकारण नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले होङसी सिमेन्ट मात्र प्रयोग गर्नका लागि चिनियाँ ठेकेदारहरुलाई निर्देशन दिएकी छन् । राजदुत यान्छीले हरेक हप्ता चिनियाँ ठेकेदारहरुलाई दुतावास बोलाएर यस्तो किसिमको निर्देशन दिने गरेको बताईएको छ । नेपाल र चीन व्यापार व्यवसाय एवं विकास निर्माणमा समेत साझेदार बन्दै आएको छ । हाल नेपालमा निर्माण हुन लागेका धेरै ठुला परियोजनाहरु चिनियाँ ठेकेदार कम्पनीहरुले जिम्मा पाएका छन् । तर होङसी सिमेन्टको प्रयोगमा कमि आउनुले आफुहरु चिनियाँ लगानीमा घाटा पर्ने भन्दै राजदुत यान्छीले यस्तो निर्देशन दिएकी हुन् ।

गुणस्तरमा आएको कमीका कारण माग घट्यो, माग घटेसँगै व्यापारमा ह्रास आयो तथा मूल्यमा समेत कमी आएको छ । सिमेन्टको बजारमा आएको मागलाई बढाइ लगानी प्रवद्र्धन गर्नका लागि राजदुत यान्छीले यस्तो निर्देशन दिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?