काठमाडौं । सरुवा भएपनि चितवन नछोडेका एसपी दानबहादुर मल्ललाई १२ घण्टा भित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिइएको छ ।
प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले पत्राचार गर्दै १२ घण्टा भित्र जिल्ला छोड्न आदेश दिएको हो । एसपी मल्लको पुस ४ गते नै सरुवा भए पनि उनले जिल्ला छोडेका छैनन्। उनीसहित २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो।
चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ। प्रदेश प्रहरी कार्यालयले कार्यालयको सम्पुर्ण चार्ज बुझाएर सरुवा भएको ठाउँमा हाजिर हुन् निर्देशन दिएको हो ।
१२ घण्टाभित्र रमना लिएर एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन प्रहरी उपरीक्षक अरूण पौडेलले पत्राचार गरेर निर्देशन दिएका हुन्।
मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड हुन्। डिएसपी हुँदा उनी लामो समय दाहालको सुरक्षामा खटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया