अब कामदार छनोटपछिमात्रै पासपोर्ट संकलन गर्न पाइने

वैदेशिक रोजगार व्यवसायीले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारीका लागि अनलाइनबाट आवेदन दिएका मध्यबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछिमात्रै राहदानी लिन पाउने कान्तिपुर दैनिकमा खबर छ ।
वैदेशिक रोजगार विभागले कामदार भर्ना प्रक्रियालाई पारदर्शी बनाउन बुधबारदेखि लागू हुनेगरी नयाँ संयन्त्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?