सुर्खेत- सुर्खेतमा प्रहरी र विप्लव नेतृत्वको नेकपा समूहका कार्यकर्ताबीच भिडन्त भएको छ ।
पञ्चपुरी नगरपालिका ८ मा सादा पोशाकमा रहेको प्रहरी टोलीलाई अचानक विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाईरिङ खोलेको बुझिएको छ ।
प्रहरीको भनाईअनुसार सूचना संकलनका लागि सादा पोशाकमा गएका प्रहरीलाई उनीहरुले गोली हानेपछि प्रहरीले जवाफी फाईरिङ स्वरुप दुई राउण्ड गोली चलाएको थियो ।
फायरिङपछि विप्लव समूहका कार्यकर्ता भागेको प्रहरीले जनाएके छ । घटनामा मानविय क्षति भयो भएन भन्ने विषयमा थप खुल्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया