काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन भारतीय पर्यटनमन्त्री नेपाल आइपुगेका छन् ।
भ्रमण वर्षको औपचारिक उद्घाटन समारोहमा भाग लिन भारतीय पर्यटनमन्त्री प्रहृलाद सिंह पटेल नेपाल आइपुगेका हुन्।
उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत गरे । भ्रमण वर्षको औपचारिक उद्घाटन बुधवार दशरथ रंगशालामा हुँदैछ ।
यस समारोहमा सहभागी हुन चीनबाट सहायक पर्यटन मन्त्री नेपाल आइपुगेका छन् । जमैका र म्यानमारका पर्यटनमन्त्री समेत नेपाल आइपुगेका छन् ।
उनीहरुलाई मन्त्री भट्टराईले सोल्टी होटेलमा स्वागत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया