भूकम्पपीडितलाई ‘अन्तिम चान्स’, सरकारको यो सूचना पढ्ने कि !

काठमाडौं – तपाई भूकम्पपीडित हो ? वा तपाईको आफन्त, छरछिमेकमा कोही भूकम्पपीडित छन् । त्यसो हो भने सरकारले अन्तिम पटक अनुदान सम्झौता गर्ने अवसर दिएको छ ।
भूकम्पमा आवासमा क्षति पुगेकालाई लगत्तै सरकारले अनुदान दिएको थियो तर अझैपनि धेरै पीडितले घर बनाउन सकेका छैनन् । त्यसरी सूचीमा परेर पनि विविध कारणले घर बनाउनको लागि अनुदान लिन छुटेकाहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको हो । जसअनुसार अब पहिलो किस्ता यही पुस मसान्तभित्र बुझिसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुरोध गरेको छ । अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी सबैले असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ ।
भूकम्पका घर गुमाएका कतिपय व्यक्ति विभिन्न कारणले अनुदान सम्झौता गर्नबाट वञ्चित छन् । यस्ता पीडितहरू अनुदान लिनबाट वञ्चित भएको गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न अवसर दिइएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?