यस्तो बन्यो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को फस्ट लूक

काठमाडौ ७ माघ – कोरियाग्राफर रेनाशा वान्तवा राईले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । लण्डनमा बस्ने दुई नेपालीबीचको कथा रहेको चलचित्रमा इन्टु र मिन्टुको भूमिका साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर निभाएका छन् चलचित्रको लण्डनमा शूटिङका लागि साम्राज्ञीको भिसा नलाग्दा लामो समय फिल्म युनिट प्रभावित भएको थियो । केही हप्ताअघि मात्र साम्राज्ञीको भिसा लागेर फिल्मको शूटिङ गरिएको थियो मिन्टुको भूमिकामा देखिएकी साम्राज्ञी बेलायतका लागि नेपाली राजदूतकी छोरीको भूमिकामा छिन् । प्रेमकथामा निर्माण भएको चलचित्रको फस्ट लूकमा धिरज मगर र साम्राज्ञीलाई देखाइएको छ शैलेन्द्रध्वज कार्कीले खिचेको चलचित्रलाई पशुपतिशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?