अमेरिकामा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प, यस्तो छ कारण

वासिंगटन, ७ माघ । अमेरिकी सरकार सिनेटबाट नयाँ बजेट पारित गर्न असफल भएपछि अत्यावश्यक बाहेकका सबै सरकारी सेवा ठप्प हुने भएका छन् अमेरिकी सरकार संसदको माथिल्लो सदन सिनेटबाट बजेट पारित हुन आवश्यक सांसदको समर्थन जुटाउन असफल भएको हो । खर्च सम्बन्धि कानुन परित गर्न नसकेर सरकारी कामकाज रोकिएको २५ बर्षको अमेरिकी इतिहासमा यो चौथो घटना हो आप्रवासी र सीमा सुरक्षाबारेको ठूलो विवादका कारण यो विधेयक पारित हुनका लागि आवश्यक ६० भोट ट्रम्प प्रशासन र रिपब्लिकन पार्टीले जुटाउन असफल भएको हो संघीय सरकारलाई फेब्रुअरी १६ सम्म बजेट उपलब्ध गराउन सो विधेयक पारित हुन आवश्यक थियो । अमेरिकी कँग्रेसमा बहुमत र ह्वाइट हाउसमा समेत आफ्नै पार्टीका राष्ट्रपति हुँदा बजेट पारित हुन नसकेको यो पहिलो घटना हो राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले डेमोक्रेटिक पार्टीमाथि बेतुकको माग राखेर नागरिकका लागि समस्या सिर्जना गरेको आरोप लगाएको छ ह्वाइट हाउसका प्रवक्ता सारा स्यान्डर्सले भनिन्, ‘उनीहरुका लागि राजनीति प्राथमिक हो, हाम्रो राष्ट्रिय सुरक्षा, सेनाका परिवार, बच्चा र देशका नागरिकका लागि काम गर्न सक्ने क्षमता प्राथमिकतामा परेन ।’यता डेमोक्रेटिक पार्टीका नेता चक शुमरले दुई वटा दुई पार्टीबीचको समझदारीलाई लत्याएको आरोप लगाएका छन् आगामी महिनासम्म सरकारी खर्चका लागि आवश्यक बजेट पारित होस् भनेर बिहीबारराति बजेटबारेमा हाउस अफ रिप्रेजेन्टेटिभमा मतदान गराइएको थियो । मतदानमा पक्षमा २३० र विपक्षमा १९७ मत अर्थात ५०–४९ मतले पास हुन सकेको थिएन पाँच रिपब्लिकन नेताले बजेटका विरुद्धमा मतदान गरेका थिए भने ५ डेमोक्रेटले समर्थनमा मतदान गरेका थिए । ह्वाइट हाउसको आरोपको उत्तरमा चक शुमरले भनेका छन्, ‘आज हामी जुन अवस्था देखिरहेका छौं, यसका लागि राष्ट्रपति ट्रम्प बाहेक अरु कसैलाई दोषी ठहर गर्न सकिदैन ।’यसअघि सन् २०१३ मा बजेट संकटका कारण १६ दिनसम्म सरकारको कामकाज ठप्प भएको थियो । यो समयमा केही सरकारी कर्मचारीले जबरजस्ती विदा लिनु परेको थियो कानुनी रुपमा कँग्रेसबाट खर्चका लागि बजेट प्राप्त नभएपछि काम सुचारु गर्न कठिनाई पर्ने भएकाले कार्यालय बन्द गर्नुपर्ने अवस्था आउने भएको हो देशको राष्ट्रिय उद्योग र भवनहरुसमेत बन्द हुनेछन् भने जनतालाई सहुलियतका लागि केही अत्यावश्यक सरकारी सेवा मात्रै चालु राखिनेछ । यी अत्यावश्यक सेवामा सुरक्षाबल, पोस्टल सेवा, एयर ट्राफिक कन्ट्रोल, अस्पतालका सेवा र औषधी पसल, जेलको सुरक्षा, कर कार्यालय र विद्युत सेवा पर्दछन् डेमोक्रेटिक पार्टीले ७ लाखभन्दा बढी आवश्य कागजपत्र नभएका र कम उमेरमा अमेरिका आएका आप्रवासीलाई फिर्ता पठाउन नहुने माग राख्दै आएको छ । उनीहरुलाई पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले सुरु गरेको कार्यक्रम अनुसार अस्थायी नागरिकता दिइएको थियो रिपब्लिकन पार्टीले कम आय भएका परिवारका बच्चाका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई ६ वर्ष अघि बढाउन प्रस्ताव समेत गरेको छ । तर डेमोक्रेटिक पार्टीले यसलाई स्थायी रुपमा अघि बढाउनुपर्ने माग राखेको छ बजेटको अभावमा अब राष्ट्रिय पार्क तथा सम्पदास्थल समेत बन्द हुन सक्नेछन् । अमेरिकी समय अनुसार शनिवार १२ बजेदेखि संघीय निकायहरु कामका लागि खुल्नेछैनन् आवास, वातावरण, शिक्षा र वाणिज्यसम्बन्धी मन्त्रालयका धेरैजसो कर्मचारीलाई घरमै बस्न भनिनेछ भने अर्थ, स्वास्थ्य, प्रतिरक्षा र यातायात मन्त्रालयका आधाजसो कर्मचारी पनि सोमवार काममा जानेछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?