फेसबुकबाट चिनजानी एक महिनामै भेटघाट भेटेकै दिन युवतिको हत्या

घटना बाहिरीने डरले ट्याक्सी चालक पनि निशानामा

काठमाडौं । तपाई फेसबुक चलाउनुहुन्छ रु पक्कैपनि । हुनसक्छ यो समाचार पनि फेसबुकबाटै पढीरहनुभएको होला । अनि फेसबुक चलाउँदा तपाई कत्तिको सचेत हुनुहुन्छ नचिनेको मान्छेको फ्रेण्ड बन्ने प्रस्ताव आउने बित्तिकै एसेप्ट गरिहाल्नुहुन्छ कि सोचविचार गर्नुहुन्छ रु सोचविचार गर्नुहुन्छ भने त ठिकै हो तर मन तुलबुल पारेर चिन्दै नचिनेको मान्छेसँग फ्रेण्ड बनेर कुराकानी गर्ने फोटो भिडियो सेयर गर्ने तथा आफ्ना गोपनियता सुम्पिने , भेट्न जाने गर्नुहुन्छ भने यो समाचार पढेपछि तपाईको बाटो मोडिनेछ ।
हो, पछिल्लो समय सामाजिक संजाल मार्फत् अपराध गर्नेहरु बढ्न थालेका छन् । तपाईले समाचार पनि सुन्नु भएको होला फेसबुक लगायतका सामाजिक सञ्जालबाटै अपराधका घटनाहरु पनि निकै भएका छन् । आपराधिक मानसिकता लिएर हिँडेकाहरु पछिल्लो समय सामाजिक संजाललाई प्रमुख हतियार बनाउन थालेका छन् । तयसकारण पनि फेसबुकमा नयाँ साथी बनाउँदै हुनुहुन्छ भने तपाईले सोचेर मात्र साथी बनाउनुहोला । अपरिचित मान्छेसित च्याट गरेर मख्खै हुनुहुन्छ त्यसो हो भने सचेत हुनैपर्छ ।
फेसबुककै माध्यमबाट चिनजान भएर भेट्न जाँदा एक युवतीको हत्या भएको छ । यो समाचार भारतको हो ।

दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने एक जीमखानाका मालिकलाई जयपुर प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षे जिमखानाका मालिकको नाम हेमन्त लाम्बा हो। अनुसन्धानको क्रममा निकै अचम्मित पार्ने कुराको खुलासा उनैले गरे । अनुसन्धानमा सार्वजनिक भएअनुसार लाम्बा र ती युवतीबीच एक महिना फेसबुकबाट चिनजान भएको थियो । डिसेम्बर ६ मा पहिलो पटक दिल्लीमा भेटेका थिए र त्यसै दिन जाम्बाले ती युवतीको हत्या गरेका थिए । उनले युवतीको फोनबाट ट्याक्सी बुक गरेको र पक्राउ पर्ने डरले डिसेम्बर ७ तारिखमा ड्राइभरको पनि हत्या गरे ।

सूरतबाट १० डिसेम्बरमा पक्राउ गरेपछि उनलाई हरियाणा प्रहरीलाई सुम्पिइएको थियो । बिहिबार जयपुर प्रहरीले उनलाई हिरासतमा लिएको छ । प्रहरीलाई दिएको बयानको क्रममा जाम्बाले युवतीको हत्या भएको दिन आफू अत्याधिक नशामा भएको बताए ।

प्रहरीका अनुसार फेसबुकमा साथी बनेपछि ती युवती सोचेअनुसार नभएको र उनलाई अर्कै एक महिलाले परिचालित गरेको आशंका गरेका थिए । ती अर्की महिलाले लाम्बाविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् जसका कारण उनलाई पक्राउ पनि गरिएको थियो ।

२२ वर्षीया दिप्ती गोयलको हत्या गरेपछि लाम्बाले युवतीको मोबाइलबाट दिल्लीबाट जयपुरका लागि ट्याक्सी भाडामा लिएका थिए । त्यसपछि जयपुर पुगेपछि उनले ट्याक्सी ड्राइभरको पनि हत्या गरेका थिए । जब उनी सूरतमा ट्याक्सी बेच्नका लागि हतारिएका थिए तब कार डिलरले शंका लागेपछि स्थानीय प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो ।

ट्याक्सी ड्राइभरको हत्या गरेपछि हेमन्तले जुन कपडाले ट्याक्सी भित्रको रगत सफा गर्ने कोसिस गरेका थिए त्यो पनि बरामद गरिएको छ । प्रहरीले उनलाई यस्तो विक्षिप्त अवस्थामा भेटेका थिए कि, उनी निकै हतासिएका थिए । भारतिय सञ्चार माध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?