सजिलै प्याज ल्याउन दिउँला भन्दै घुस लिने सशस्त्र प्रहरी जवान अख्तियारको फन्दामा

विराटनगर । विराटनगरबाट एक जना सशस्त्र प्रहरी जवान घुससहित पक्राउ परेका छन् । विराटनगरपालिकाबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास घुससहित अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट पाँच हजार पाँच सय रुपैयाँ घुससहित विश्वासलाई पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भारतबाट प्याज ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा विश्वासलाई पक्राउ गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?