चीनको एक भवनमा आगलागी, ६ जनाको मृत्यु

एजेन्सी । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७:५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ ।

सो आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ । यस आगलागीमा परी के कति व्यक्ति घाइते भए लगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?