तितो यथार्थ : अधोगतिमा कांग्रेस, पछिल्लो दिशा र दशा यस्तो

नेपाली कांग्रेसलाई ‘बाँचेका नेताले डुबाएको, मरेका नेताहरूले बचाएको पार्टी’ भन्छन् । कांग्रेसको वर्तमान नेतृत्वकर्ताहरूको वैचारिक पक्ष एकदमै निरासलाग्दो भएकोले यसो भन्नेहरूको तर्कमा दम छ । उपलब्ध परिस्थितिमा पार्टीले कुन नीतिगत बाटो लिने ? लक्ष्य र रणनीति के हो ? यसबारे कुनै संवेदनशीलता देखिएको छैन । यसका संस्थापक नेताहरूले नेतृत्व दिएको बेलामा कांग्रेसभित्र रामायणको आदर्श थियो । आज कांग्रेसमा महाभारत चरित्र चलखेल गरिरहेको छ । रामायणको आदर्शमा राज्यका निम्ति भाईहरू लडदै–लडदैनन्, तर महाभारतको चरित्रमा राज्यका निम्ति भाईहरू नलडी छोेड्दैनन् ।

पार्टीले हरेक वर्ष मनाउने राष्ट्रिय मेलमिलाप दिवस नजिकै आईसकेको छ, तर पार्टीभित्र नेतृत्व तहमा फूट तथा बेमेल दिनानुदिन गम्भीर र चिन्ताजनक भएर गईरहेको छ । पुस १२ गते पार्टीको केन्द्रीय समितिले कांग्रेसको चौधौँ महाधिवेशन २०७७ साल फागुनमा गर्ने निर्णय लिएको छ । स्मरणीय छ, त्यसको एक महिनापछि सत्तारुढ नेकपाको महाधिवेशन चैतमा गर्ने निर्णय भईसकेको छ । तर पार्टीभित्रको ‘प्रतिपक्ष’ ले कांग्रेस केन्द्रीय समितिको बैठक बहिस्कार गरेको अवस्थामा यति गम्भीर निर्णय लिनुले महाधिवेशन जस्तो सबैको सहयोग चाहिने ऐतिहासिक कार्यलाई एकपक्षीय बनाउनु भयानक अनिष्टको संकेत हो । यसले पार्टी एकतामा कदापि हित गर्दैन । तर भयो ।

नेतृत्वको लागि धेरैले आफूलाई ठूलै ओहोदा र जिम्मेवारी ताकेका छन्, तर पार्टीलाई कुन सिद्धान्त, नीति, कार्यसूची, प्राथमिकता र रणनीतिका आधारमा नेतृत्व दिन तयार देखिएका हुन्, उत्तरदायित्व कतै देखिएको छैन । एजेण्डामा आधारित रचनात्मक राजनीति होइन, आपूm बलियो हुनखोज्ने रस्साकस्सी, जुँगाको लडाईँ र अँध्यारा कुनामा गुप्त मन्त्रणाहरूले जिम्मेवार नेतृत्वलाई काम गर्ने रचनात्मक वातावरण दिइरहेको छैन । ‘बिग्रे दोषादोष सप्रे खोसाखोस’ को चरित्र चलिरहेको छ । विगत तेह्रौँ महाधिवेशनको क्रममा पार्टीको सक्रिय सदस्यता र तल्ला निकायको निर्वाचन हेर्दा नयाँ कार्यकर्ताको प्रवेश धेरै देखिन्छ । स्थानीय स्तरका निर्वाचनमा कतिपय पुराना हस्तीले नयाँबाट निर्वाचन हारे । तर वैचारिक नयाँपन कतै देखिँदैन । यसलाई पार्टीको वैचारिक मृत्यु भनिन्छ, जहाँ आधारभूत वा अपरिवर्तनीय सिद्धान्त पनि स्खलित वा मुच्र्छित स्थितिमा पुगेको छ ।
पार्टीका विभागहरू हालसम्म गठन हुन सकेका छैनन् । हालैको बैठकद्वारा सभापति देउवाले पार्टीमा ४७ विभाग बनाउने निर्णय गराईसकेका छन् । यसको अर्थ सफा छ, व्यक्ति हेरी उसका लागि विभाग खडा गरिदिने र धेरैजसोलाई पद दिएर आफ्नो पक्षमा ल्याउने । जसरी भए पनि चुनाव जित्ने । नत्र ४२ वटा विभागलाई पार्टी विधानले २८ वटामा सीमित गर्ने भनी उल्लेखित प्रावधानलाई आफैँले धोती लगाईदिने काम भएको छ । नेपाल विद्यार्थी संघ जस्ता कतिपय सशक्त र प्रभावकारी भातृसंस्थाहरूको अधिवेशन हुनसकेको छैन । संघीयता अनुरुपको पार्टी संगठनको संरचना हुनुपर्ने अनिवार्यता छ । पार्टीको सदस्यतामा विविधता अपनाएर विशेष सदस्य, ब्यावसायिक सदस्य, सक्रिय सदस्य, साधारण सदस्य जस्ता ५ किसिमको सदस्यताको कुरा चलिरहेको छ । बहसले पार्टीलाई ठोस निष्कर्ष र शक्ति दिन्छ भने विवादले विग्रह र अनमेल खडा गर्दछ ।
यसो गर्दागर्दै पार्टी अर्को प्रजा परिषद नहोला भन्न सकिन्न । संसदभित्र पार्टीले मूख्य विपक्षी दलको सशक्त भू हालको अवस्था नेपाली काँग्रेसको प्रतिरक्षात्मक स्थितिको कालखण्ड हो । यस्तो बेलामा कांग्रेसका सबै पक्षका नेताहरूले जुँगाको लडाईँ र ठूलो भागको हानथाप गर्ने बेला होइन । घरमा आगो लागिरहेका बेला त्यस घरका दाजुभाईहरू मूल ओछ्यानमा को सुत्ने भन्ने सवालमा वितण्डा र विग्रह मच्चाउँछन् भने त्यस्ता कुनै दाजुभाईलाई जोरीपारीले बुद्धिमान मान्दैनन् । अहिले कांग्रेस भित्र यही अवस्था छ । मिका खेल्न सक्दा मात्र जनतामा कांग्रेसको सान्दर्भिकता र औचित्य कायम रहिरहन्छ । आपैmँभित्रको कलह र विग्रहबाट बाहिर आउन नसकेको पार्टीप्रति जनभरोसा कायम रहन प्रायः असम्भव छ ।

कांग्रेस ३० वर्षसम्म प्रतिबन्धित हुँदा पनि आफ्नो सैद्धान्तिक अडान र स्वाभिमानका आधारमा राष्ट्रिय शक्तिको रुपमै रह्यो । कांग्रेसका व्यक्त विचारले तत्कालीन राजनीतिक वृत्तमा महत्वपूर्ण हलचल ल्याउँथ्यो । प्रतिबन्धित भए पनि कांग्रेस के भन्छ भनेर अन्तर्राष्ट्रिय जगतले महत्वका साथ सुन्ने गथ्र्यो । कांग्रेसलाई ‘एक नम्बर दुस्मन’ घोषणा गरेका कम्युनिस्ट घटकहरू पनि महत्वपूर्ण राजनीतिक मोडमा कांग्रेसकै मुख ताकेर त्यही तालमा आफ्नो चाल मिलाउँथे । गम्भीर कदमका लागि निर्णय लिनुपर्दा सबै पार्टी कांग्रेसकै प्राङ्गणमा भेला हुने गरेकै हुन् । दस्तावेजमा लेखिएका पार्टीका सिद्धान्त र नीति व्यवहारमा अनुवाद भएकै हुन्थे । पार्टी नेतृत्वले कार्यकर्तामा वैचारिक नयाँपन खोज्ने गथ्र्यो । अध्ययनशील, विचारवान, नैतिकवान र जनप्रिय कार्यकर्ता नेतृत्वको प्रिय हुनेगथ्र्यो ।

नेपाली कांग्रेसको वैचारिक शिथिलता २०४८ सालपछिबाटै प्रजातान्त्रिक समाजवादलाई पूरै लत्याएर सामन्तवादी संस्कारका साथ पश्चिमा मुलुकहरूले पनि त्यागेको ‘आक्रामक पूँजीवाद’ अवलम्बन गरेपछि प्रारम्भ भएको हो । समाजवादलाई समाप्त गरेपछि पार्टीको आन्तरिक लोकतन्त्र र यसका आधारभूत मूल्य, मान्यता, परम्परा र मौलिक काँग्रेसी संस्कृतिलाई सिध्याउने काम भयो । मुलुकको जर्जर परिस्थितिमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमै कांङ्ग्रेस खाओवादीको अखडा र माओवादीको भरिया बन्नपुग्यो । ‘लचिलो’ हुने नाममा कांग्रेसको आत्मसमर्पणवादी प्रवृत्ति र यथार्थवादी हुने नाममा पूर्व एमालेको ढुलमुले प्रवृत्तिका कमजोरीमा प्रचण्डजस्तो मौकापरस्त अवसरवादी चरित्रले खेलेर अनुचित लाभ हासिल गरे । नतिजागत दोषले आज सभापति शेरबहादुर देउवालाई सताइरहेको छ ।

मध्यमार्गबाट च्यूत हुनु नै यस पार्टीको दुर्दिनको कारक बन्यो । सभापति देउबाको दुर्भाग्य के हुँदैछ भने गिरिजाप्रसादले गरेका गल्तीको सजाय पनि देउवालाई दिन खोज्ने एकथरी पक्ष छ । यस्तो अवस्थामा पार्टीभित्र शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने सभापतिको रुपमा देउवाको योगदान रह्यो भने अब उनले जित्ने राजनीति त्यही हुनेछ । आफ्नो पार्टीभित्र विद्यमान लथालिङ्ग र भताभुङ्ग अवस्थालाई सम्हालिदिन कोही आउँदैन । त्यसैले कसैलाई पर्खिनुपर्ने वा साइत र जोखाना हेरिरहनु पर्ने आवश्यकता छैन । पार्टी फर्काउनै नसकिने बर्वादीतिर जाकियो भने कोही बलियो र जिवित रहँदैन । कांग्रेसमा सद्बुद्धि आउने हो भने यति गर्नैपर्छ । बरु सिंग–जुरो पलाउला तर बुद्धि बङ्गारो कहिल्यै नपलाउने हो भने रामराम मात्र भन्नुबाहेक अरु के उपाय रहन्छ र ! – चन्द्रमणि गौतम  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?