२० माघ २०७९, शुक्रवार

उत्तर कोरियाली नेताद्धारा उच्च स्तरीय नेताहरुसँग छलफल

२०७६,पुष,१३,आईतवार १४:१४

0
Shares

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो राजनीतिक दलका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमति बमोजिम वार्ता स्थगित गरिएको अवस्थामा उनले राजनीतिक दलका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको पनि समाचारमा जनाइएको छ ।

यो वार्तामा के कस्ता विषयमा छलफल भएको छ भन्ने बारेमा व्यापक मात्रामा चासो बढेको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उक्त बैठक शनिबारबाट शुरु भएको र आइतबार पनि जारी रहेको बताइएको छ । यस बैठकमा कतिपयले अमेरिकासँग गर्ने भनिएको यस अघिको उच्चस्तरीय आणविक वार्ताको बारेमा कुराकानी भएको अनुमान गरेका छन् ।

तर कतिपयले भने उक्त बैठकमा यस विषयमा नभएर अर्को आणविक परीक्षणको तयारीको बारेमा छलफल भएको पनि अनुमान गरेका छन् । उत्तर कोरियाले केही दिन अघि आणविक परीक्षण गरेको थियो ।

त्यस समयमा उत्तर कोरियाले अमेरिकाले आगामी क्रिसमसमा कस्तो उपहार खोजेको हो भनी प्रश्न गर्दै यदि उसले खोजेको उपहार यस्तै प्रकारको आणविक परीक्षण पनि हुनसक्ने भनी धम्की दिएको थियो ।

त्यसैले यो शनिबारबाट शुरु भएको उक्त बैठकमा उत्तर कोरियाली सरकारले आणविक परीक्षण गर्नसक्ने र सो विषयमा कुराकानी भएको हुनसक्ने अनुमान धेरैले गरेका समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली सरकारी समाचार समिति के सि एनएले भने उत्तर कोरियाको सत्तारुढ वर्कस् पार्टीले प्रतिरक्षाको विषय तथा देश निर्माणका अरु विभिन्न महत्वपूर्ण विषयवस्तुहरुमा कुराकानी गर्ने जानकारी दिएको छ ।

यो वर्षको शुरुवातमै कम्बोडियाको राजधानी हनोइमा भएको उच्चस्तरीय वार्तापछि अमेरिकासँगको यस्तो वार्ता भएको छैन । त्यस वार्तामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता भएको थियो ।

त्यस वार्तामा उत्तर कोरियाले आणविक परीक्षण नगर्ने तथा निशस्त्रीकरणका विषयमा सहमति भएको बताइएको थियो । तर उत्तर कोरियाले सो सहमति पालना नगरेको बताइएको छ ।

तर उत्तर कोरियाले भने अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी जारी राखेको भन्दै वार्तामा अघि सारिएका शर्तहरुको पालना अमेरिकी पक्षबाट नभएको बताउने गरेको छ ।

प्रकाशित मिति: २०७६,पुष,१३,आईतवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

भारत । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक

काठमाडौं । भारतको सर्वोच्च अदालतले गरेको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम केहिदिन यता तातेको छ

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२