नारायणगढ–मुग्लिन पुस २२ सम्म दिउँसो बन्द

पहिरो नियन्त्रणको काम गर्न नारायणगढ–मुग्लिन सडक आउँदो पुस २२ गतेसम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द हुने भएको छ । यसअघि मंसिर २७ गतेबाट १५ दिनको लागि भनेर यो सडक बन्दै हुँदै आएको थियो । तर काम नसकिएपछि बन्दको समय लम्बिएको हो ।
अप्ठ्यारो ठाउँमा काम बाकी नै रहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। नारायणगढ मुग्लिन सडकको आठ स्थानमा पहिरो नियन्त्रणको काम हुँदैछ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?