नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिना अवधिमा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ। तीमध्ये २ सय ६ जना महिला छन्। तस्करले पुरुषभन्दा महिलालाई बढी निसानामा पार्ने गरेको यो तथ्यांकले देखाउँछ।
गिरोहले वैदेशिक रोजगारीका नाममा उनीहरूलाई विदेश पुर्याएर इच्छाविपरीत कार्य गर्न बाध्य पारेका थिए। ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार मानव तस्करीको अवस्था भयावह छ। पीडितले उजुरी नगर्दा अनुसन्धानमा कठिनाइ भोग्नुपरिरहेको प्रवक्ता थपलिया बताउँछन्। पीडित महिलाले आफूलाई लैजाने व्यक्तिको नाम बताए पनि माथिल्लो तहको गिरोहबारे जानकार नभएको ब्युरोमा बताएका छन्।अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया