काठमाडौं। सरकारले अत्यावश्यक औषधिको संख्या बढाउने भएको छ । त्यसका लागि औषधि व्यवस्था विभागले विज्ञहरूसँग छलफललाई अघि बढाएको छ । सरकारले अत्यावश्यक औषधिको सूची बढाएर ३९२ पु¥याउनेगरी तयारी थालेको हो । विज्ञहरूसँगको परामर्शमा औषधिको सूची संख्या थपको प्रारम्भिक खाकासमेत तयार भएको औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए ।
विभागका अनुसार हाल अत्यावश्यक औषधिको संख्या ३५९ रहेको छ । सो संख्यामा रहेका औषधिहरूको संख्या केही नयाँ थप्ने र केही हटाइने भएको छ । यद्यपि, अन्तिम रूप भने दिइएको छैन ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया