२४ लाख ७ हजार ५५६ महिला बने जग्गाको मालिक

महिला सशक्तीकरणमा टेवा पुर्याउन सरकारले महिलाका नाममा जग्गाधनी पूर्जा लिँदा रजिस्ट्रेसन शुल्क छुट लिन थालेपछि २४ लाख ७ हजार ५५६ महिला जग्गाको मालिक हुन पाएका छन् ।
आर्थिक वर्ष ०६४–०६५ देखि ०७५–०७६ सम्मको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हो यो । यो अवधिमा महिलाका नाममा जग्गधनी पुर्जा लिनेको संख्या १७ गुणाले बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?