सावधान ! चिसोमा हृदयघात होला !!

चिसो बढेसँगै हृदयघात र मुटुको समस्याले समेत धेरै मानिसलाई पिरोलेको छ । जाडायाम सुरु भएसँगै बर्सेनि हृदयघातलगायत मुटुसम्बन्धी समस्या देखिनु नौले भने होइन । यद्यपि, यस्तो समस्याबारे कुनै अध्ययन भने गरिएको छैन ।
आजको कान्तिपुुर दैनिक लेख्छ–त्यसकारण पनि बोलिचालिको भाषामा जाडोयामलाई ‘हर्ट अट्याक याम’ को मौसम समेत भन्ने गरिन्छ । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार पाँच दशक नाघेका व्यक्ति, मुटुरोगी तथा मुटुरोगीका परिवारले जाडोयाममा मुटुको समस्यासँग सम्बन्धित लक्षणप्रति बढी सर्तक हुनुआवश्यक छ ।
जाडोमा सन्तुलित आहार, व्यायाम र मुटुको समस्यासँग सम्बन्धित लक्षणप्रति बढी सर्तक हुँदा जोखिम कम हुने समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?