पुरुषका लागि विश्वकै पहिलो गर्भनिरोधक सुई बनाइयो

भारतीय अनुसन्धानकर्ताले जन्मान्तरका लागि पुरुषका लागि गर्भनिरोधक सुई बनाएका छन् ।
उनीहरुका अनुसार यो इ्रन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्नेछ ।
अनुसन्धानकर्ताका अनुसार आवश्यकताअनुसार इन्जेक्सनको प्रभावलाई चाहेको समयमा हटाउन पनि सकिन्छ । सो सुई स्वीकृतिको लागि अन्तिम चरणमा रहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सम्पूर्ण ट्रायल सकिएको र त्यो सफल भएको बताएको छ । राजधानी दैनिकमा यो विश्वकै पहिलो गर्भनिरोधक सुई भएको समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?