सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

बझाङ । नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका ४ की ३६ बर्षिया कविता दर्जीको हेलीकोप्टर मार्फत उद्धार गरिएको हो । जिल्ला अस्पतालमा दर्जीको शल्यक्रिया मार्फत बच्चा निकालिएको जनाएको छ ।
‘दुई दिन अघि नै शल्यक्रिया गरेर बच्चा निकाल्न भनेका थियौ’, जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले भने, ‘उनका आफन्तहरुले समयमा नै शल्यक्रिया गर्न नमानेको र अन्तिम चरणमा बच्चा नै उल्टो भएर हात निश्किएपछि शल्यक्रिया गरिएको हो ।’ शल्यक्रिया पश्चात लगातार रगत बग्न थालेपछि हेलिकोप्टर मार्फत उनलाई नेपालगञ्ज रिफर गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?