घुससहित समातिए प्रहरी हवल्दार

काठमाडौँ । मोरङ स्थित इलाका प्रहरी कार्यालय, उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठ ८ हजार घुससहित पक्राउ परेका छन् ।
काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्रउा गरेको हो ।
झापाको दमक नगरपालिका वडा नं ४ ताराबारीको काठमिलबाट उक्त रकमसहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?