बारा . जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित सडकबाट प्रहरीलाई नगद २८ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पर्सा वीरगंज महानगरपालिका-२ बस्ने ३५ वर्षीया अम्विया खातुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले वीरगंजबाट पथलैया हुँदै हेटौंडातर्फ जाने बसलाई जाँच गर्ने क्रममा खातुनले भन्सार छलीको सामान छुटाउन उक्त नगद दिन खोजे पश्चात नगद सहित पक्राउ गरेको हो ।
खातुनलाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा पठाइएको र वरामद सामानहरु आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया